घोडासँग गर्भाधानका लागि घोडीहरुको लाइन, पुलिस चौकीलाई मालामाल
Advertisement
एउटा १६ वर्षीय भाले घोडा आफ्नो अत्यधिक यौन क्षमताका कारण चर्चित मात्र भएको छैन पुलिस चौकीलाई नै मालामाल बनाइदिएको छ । कोको नामको उक्त उन्मत्त भाले घोडासँग प्रजननका लागि पोथी घोडाहरुको लाइन लाग्ने गरेको छ । उक्त वैशालु घोडासँग सहवास गरेबापत घोडीका मालिकहरुले प्रति सहवास झण्डै २५ सय रुपैयाँ तिर्नुपर्छ ।
घटना हो भारतको अहमदाबादको । अहमदाबाद पुलिसको घोडा क्याम्पमा रहेको कोको नामको उक्त घोडा आफ्नो प्रजनन क्षमताका कारण निकै चर्चित छ । अहिलेसम्म कोको कैयौँ बछेडाहरुको बाबु बनिसकेको छ । यो घोडासँग सहवासका लागि घोडीका मालिकहरुले प्रति संसर्ग १५ सय भारु तिर्नुपर्छ ।
पुलिसको उक्त घोडा क्याम्पमा ४६ वटा घोडा रहेका छन् । तर कोको ती सबैभन्दा फरक छ र यौन सम्पर्कका लागि २४ सै घण्टा तयार रहेको हुन्छ ।
कोकोसँग आफ्नी घोडीलाई समागम गराउनका लागि आसपासका घोडीधनीहरु पुलिसचौकीमा आउँछन् । साँच्चीकै दैनिक रुपमा कोकोसँग सहवास गर्ने घोडीहरुको लामै लाइन हुन्छ । कोको निकै राम्रो नश्लको घोडा हो त्यसैले अन्य भाले घोडाको भन्दा यसको सेक्स शुल्क दोब्बर रहेको छ ।
जबरजस्त प्रजनन क्षमता भएकै कारण कोकोलाई अन्य घोडाको भन्दा विशेष सुविधा मिलिरहेको छ । उसको खानपिन देखि लिएर रेखदेखका लागि विशेष ध्यान दिइएको छ । उसलाई दैनिक रुपमा व्यायाम समेत गराइन्छ र संक्रमण लगायतका समस्याबाट बँच्नका लागि शक्तिबर्धक चक्की पनि खुवाइन्छ ।
पुलिस क्याम्पमा रहेका ४६ घोडामध्ये ८ वटा भाले घोडा हुन् । ती ८ भालेमध्ये कोको र अर्को एक घोडाको काम नै घोडीहरुलाई गर्भिणी बनाउनु हो । अन्य घोडाहरुलाई भने पुलिसहरुले घोडचढीमा प्रयोग गर्ने गरेका छन् ।

Advertisement