सप्तकोसीमा डुङ्गा पल्टिदा १२ जना बेपत्ता
Advertisement
धरान: सुनसरीको प्रकाशपुर गाविस स्थित सप्तकोशी नदीमा डुङ्गा पल्टदा १२ जना वेपत्ता भएका छन ।
मंगलवार मध्यान्ह प्रकाशपुरबाट सुनसरीको कोशी टापु हुदै उदयपुर हिडेका यात्रु चढेको डुङगा सप्तकाशी नदीमा आएको वाढीका कारण अनियन्त्रित भई दुर्घटना भएपछि डुङ्गामा सवार १२ यात्रु वेपत्ता भएका हुन ।
वेपत्ता भएकाहरुमा १० पुरुष र २ महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्याम सिह चौधरीले बताए ।
डुङ्गा दुर्घटना भएपछि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेको भएपनि हाल सम्म कसैलाई उद्धार गर्न सकिएको छैन ।
वेपत्ता हुनेहरुको पहिचान खुल्न नसकेको पनि डिएसपी चौधरीले जानकारी दिएका छन् ।

Advertisement