गर्भवती युवतीको पेटमा डाइनोसर देखिएपछि…..
Advertisement
मिररको रिपोर्ट अनुसार बेलायतको लिभरपुलमा ग्राहक सहायकको रुपमा कार्यरत लिएन गत अपि्रलमा जब अस्पतालमा अल्ट्रासाउण्ड परीक्षण गराएर फर्किइन् सुरुमा त एक्सरे रिपोर्टमा रहेको डाइनोसरको गर्धनमा उनको नजर पुगेन ।
जुरासिक सिरिजको फिल्म जुरासिक वल्र्ड रिलिज हुनुभन्दा झण्डै एक महिना अगाडि लिएनको साथीले उनको अल्ट्रासाउण्ड रिपोर्टमा देखिएको डाइनोसरको तस्वीर पहिलोपटक देखिन् ।
लिएनका अनुसार उनकी जेनी नामकी साथीले नदेखाउँदा सम्म उनले अल्ट्रासाउण्डको रिपोर्टमा रहेको त्यो अनौठो आकृति नदेखेको तर जब साथीले देखाएप्छि हेर्दा भने साँच्चीकै डाइनोसरजस्तै देखिएको बताएकी छिन् ।
जेनीले उक्त तस्वीर अनलाइनमा राखेपछि त्यो निकै भाइरल बन्यो ।
वास्तवमा त्यो कुनै डाइनोसर थिएन, बच्चाकै अंगको तस्वीर त्यस्तो आकारमा संयोगवस देखिएको थियो । बच्चा पूर्ण रुपमा स्वस्थ छ र हुर्किरहेको छ । यद्यपि लिएनलाई जतिसक्दो छिटो पेटको बच्चा जन्मियोस् र देख्न पाइयोस् भन्ने बेचैनी बढिरहेको छ ।
लिएनका अनुसार उनी डाइनोसरकी फ्यान होइनन् तर जब आफ्नो पेटमै डाइनोसरको जस्तो आकृति देखियो तब उनले किर्तिमानी फिल्म जुरासिक वल्र्ड हेरिन् ।

Advertisement