मर्न हामफालेका पुरुषलार्इ यसरी बचाइयो (भिडियो)
Advertisement
फोटो :आत्महत्या गर्न हामफाल्दै गरेका पुरुष (रातो घेरामा) तस्बिर : एजेन्सी
एजेन्सी : एक निर्माणाधीन घरको चारतलामाथिबाट भुइँमा हामफालेका एक पुरुषलार्इ चिनियाँ अर्ध सैन्यबलका जवानले ज्यानको बाजी लगाएर बचाएका छन् ।
चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा बन्दै गरेको घरको माथिल्लो तलबाट बिहीबार आत्महत्या गर्न हामफालेका पुरुषलार्इ अर्ध सैन्यबलका जवानले हातले थामेर जमिनमा झर्न नदिइ ज्यान बचाएका हुन् ।
हामफालेका ती पुरुष सबैभन्दा पहिले अर्धसैन्यबलका जवानको हात र शरीरमाथि बजारिँदै भुइँमा पछारिएका थिए । हामफालेका पुरुषलार्इ बताउने क्रममा अर्ध सैन्य बलका एक जवान पनि घाइते भएका छन् ।
आत्महत्या गर्न हामफालेका ती पुरुषलार्इ घाइते अवस्थामा उपचारका लागि तत्कालै अस्पताल लगेपछि ज्यान बचेको थियो । अर्ध सैन्यबलका जवानको पनि उपचार भइरहेको चिनियाँ समाचार एजेन्सी सिह्वाले जनाएको छ ।