छोरी र श्रीमतीको साथमा अमेरिका उडे दीलिप रायमाँझी
Advertisement
काठमान्डौ । साईड डान्सर हुँदै नेपाली चलचित्रमा आएका दीलिप रायमाँझीले आज नेपाल् छाड्दैछन् । उनी छोरी र श्रीमतीका साथ अमेरिका उड्न लागेका हुन् ।
नेपालमै रहेर अमेरिकी ग्रिन कार्ड हात परेपछि छोरीको भबिष्य बनाउँने भन्दै उनी अमेरिका बसाई सर्ने निर्णयमा पुगेका हुन ।
दीलिप कुशल डान्ससंगै कुशल अभिनय गर्ने एक मात्र नेपाली अभिनेता मानिन्छन् । दर्जनौ हिट चलचित्रमा अभिनय गरेका दीलीप पछिल्लो समय नेपाली चलचित्रमा सक्रीय छैनन् ।
उनले केही बर्ष अघी मिस यू नामक चलचित्र निर्माण समेत गरेका थिए । तर त्यो चलचित्र सफल हुन सकेन यस्तै उनले केही समय अघी लोग्ने मान्छे नामक चलचित्रमा समेत अभिनय गरेका थिए ।
उनको चलचित्र करिअरमा सबैभन्दा सफल भएको चलचित्र दर्पण छाँया हो । यो चलचित्रको यतीबेला सिक्वेल निर्माणको काम चलीरहेको छ । आज राति साँढे ९ बजेको फ्लाईटबाट दीलिप अमेरिका उड्दैछन् ।
पछिल्लो समय अमेरिकामा निशा अधिकारी , नन्दिता केसी,राजबल्लभ कोइँराला कृष्टी मैनाली, सारंगा श्रेष्ठ, पूजा चन्द ,मुकेस ढकाल लगायतका कलाकारहरु छन्। भने रेखा थापा आज अमेरिका बाट नेपाल फर्कदै छिन्।
Advertisement