आइएसविरुद्ध अमेरिकी विमानले टर्कीबाट युद्ध गर्ने
Advertisement

फोटो :एजेन्सी
वासिङटन : टर्कीले अमेरिकी युद्धक विमानलाई टर्की प्रवेशका लागि अनुमति दिएको छ । वासिङ्टनबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ ।

टर्की सरकारले आफ्नो सैन्य केन्द्र अमेरिकालार्इ प्रयोग गर्न अनुमति प्रदान गरेको हो । टर्कीमा बढ्दो इस्लामिक स्टेट (आइएस) को हिंसा अन्त्य गर्न अमेरिकी सैनिकलाई अनुमति दिएको हो ।

दक्षिणी टर्कीको किलिस् प्रान्तमा शुक्रबार बिहानैदेखि टर्कीको सेनाले आइएस आतङ्ककारी समूहलाई लक्ष्यगरी टर्कीज एफ-१६ एस यद्धक विमानबाट हवाई आक्रमण सुरु गरेको छ ।

शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीमा परी कम्तीमा ३५ आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमले शुक्रबार सो जानकारी दिएका छन् ।

सैन्य केन्द्र खोल्नेबारे दुई देशबीच सहमति भएको हो । गत बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र टर्कीस् राष्ट्रपति रेसिप तायप एर्दोग्यानबीच यस विषयमा फोनवार्ता भएको थियो ।

सो वार्ताका क्रममा टर्कीमा जारी आइएस विरोधी क्रियाकलापविरुद्ध अमेरिकी सेनाले टर्कीमै रहेर लडाइँ गर्न पाउने विषयमा सहमति भएको हो ।

यसका लागि अमेरिकी सेनाले अब आफुलाई पायक पर्ने टर्कीका सैनिक केन्द्रहरुको प्रयोग गर्न पाउने भएको छ । टर्कीमा अमेरिकी सेनाले आइएस विरोधी सैन्य अप्रेशन चलाउन पाउने भएको छ ।

शुक्रबारै सिरियानजिकै किलिस् प्रान्तको सेभे गाउँको बब क्षेत्रमा तीन टर्कीज एफ-१६ एसले आइएसका विरुद्ध हवाई कारबाही गरेका थिए ।

टर्कीको युद्धक विमानले सिरियाभित्र शुक्रबार पहिलो पटक इस्लामिक स्टेट जिहादीको विरुद्ध बमबारी सुरु गरेको हो ।

शनिबार पनि आक्रमण सुरु
यसैबीच स्तानबुलबाट प्राप्त समाचारअनुसार शनिबार पनि टर्कीस युद्धक विमानले हलमा सुरु गरेका छन् । ती सैनिकले शनिबार टर्कीका विभिन्न क्षेत्रमा सो हमला थालेका बताइएको छ ।

आइएसका लडाकूको आश्रय रहेको आशंकामा राजधानी वरपरका क्षेत्रमा सैनिकले आक्रमण थालेको बताइएको छ ।

आजैदेखि अमेरिकी सेनाले ती आक्रमणहरुको समन्वय प्रदान गरिरहेको बताइएको छ । शुक्रबार हवाई अतिरिक्तस्थल कारबाही पनि भएको र सयौं जना आइएसका लडाकू पक्राउ परेका जानकारी दिइएको थियो । एजेन्सी




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.