गोपालले विष खानुअघि यस्तो सुसाइड नोट लेखे
Advertisement

फोटो :फाइल स्केच
'अर्को जुनीमा असल छोरा भएर सुख दिनेछु' 
अछाम : 'आमा बुबा म यो जुनीमा त तपाईहरुको असल छोरा भएर जन्म लिन सकिनँ। अर्को जुनीमा त एउटा असल छोरा भएर सुःख दिने छु', अछामको साँफेबगर नगरपालिका-३ का गोपाल भुलले आफ्नो सुसाइड नोटमा लेखेको बाक्यांश हो यो ।
यही साउन ७ गते आफू बस्ने कोठामा बिष सेवन गरेर आत्महत्या गरेका गोपालले सुसाईट नोटमा ‘मलाई माफगर यो जुनीमा त दुःख बाहेक अरु केहि पनि दिन सकेन ।’ भनेर पनि आमाबुबालाई लेखेका छन् ।
अछामको बिनायक स्थित विद्यामन्दिर उच्च मावि बिनायकमा कृषि बिज्ञान बिषय अध्ययनरत गोपालले त्रिकाल ५०५ नाम गरेको किटनाश बिषादि सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
साथीसँग कोठामा बस्दै आएका उनले बिहान सबेरै बिष सेवन गरेर वेहोस् अवस्थामा भेटिए पछि उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो।
आफ्नो दाजु भाउजुलाई संबोधन गर्दै गोपालले सोही सुसाईट नोटमा तपाईहरुले मेरो लागि धेरै दुःख गरे पनि मैले भने तपाईहरुको लागि केहि पनि गर्न नसकेकोमा पछुतो मानेको कुरा पनि उल्लेख गरेका छन् । गोपाल अछाममा चालु आर्थिक बर्षमा आत्महत्या गर्ने सबै भन्दा पहिलो मानिस बनेका छन् ।
सुसाईट नोट लेखेर आत्म हत्या गर्नेमा अछामको साँफेबगरस्थ्ति भाग्यश्वर जोगीसिंह कडारा पनि एक हुन् । असार ३ गते राती आफ्नै घरमै झुण्डिएर आत्महत्या गरेका उनले सुसाईट नोटमा भाइ मिनबहादुर कडाराको खेतमा डोजर प्रयोग गरी सडक निर्माण गरिदिएकाले आफूले आत्महत्या गरेको लेखेका छन् । 
उनी आफै सडक निर्माण उपभोक्ता समितिको सचिव भए पनि आफू कामले सदरमुकाम गएको दिन गाउलेले भाईको खेत काटेर सडक निर्माण गरेकाले आफू निकै दुःखित भएको उल्लेख गर्दै आत्महत्या गरेको उनले सुसाईट नोटमा लेखेको प्रहरीले जानकारी दिएको छ।
सांसद बिकास कोषको रकमबाट बिनियोजित बजेटले निर्माण गरिएको उक्त सडकमा प्राविधिकले गरेको स्टमेट भन्दा फरक ठाउँबाट डोजर हालेर भाइको खेत काटेकोले आफू नै सचिव भएको समयमा भाईको खेत काटिएकोमा उनले निकै दुःख व्यक्त गरेका छन् ।
नेकपा एमालेका कार्यकर्ता समेत रहेका कडाराले सुसाइटनोटमा “जनताको बहुदलिय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद । अछामका चोर नेतालाई पार्टीले कारवाही गर” पनि लेखेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गएको आर्थिक बर्ष २०७१/०७२ मा २३ ले आत्म हत्या गरेका छन् ।
यो तथ्यांक अघिल्लो आर्थिक बर्ष ०७०/०७१ को भन्दा ८ ले बढी हो । त्यो बर्ष अछाम जिल्लाभर १५ ले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक नारायण चन्दले आत्महत्या गर्नेमा पुरुषको भन्दा महिलाको संख्या धेरै रहेको जानकारी दिए।
चन्दले अधिकांश आत्महत्याका घट्ना मदिरा सेवन पश्चात भएको पाईएको जानकारी दिदैँ आत्महत्या गर्नेमा महिलाको संख्या धेरै हुनुमा घरेलु हिंसा प्रमुख कारण रहेकोसमेत बताए ।  




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.