दाङ : घोराही महिलाको टाउको काटेर विभत्स हत्या
Advertisement
दाङ : घोराही नगरपालिका–४ चौघेरास्थित श्रीकृष्ण टोलमा बिहीबार राति ५६ वर्षीया देवकी विश्वकर्माको विभत्स हत्या भएको छ । उनको शव क्षतविक्षत अवस्थामा शुक्रवार बिहान फेला परे पनि टाउको भेटिएको छैन ।
देवकीको शवलाई प्रहरीले पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पुर्याइएको छ । देवकीको शरीरभर धारिलो हतियार प्रहार गरिएको छ । शरीरमा धारिलो हतियारले प्रहार गरिनुका साथै टाउको गिडिएको अवस्थामा शव भेटिए पनि टाउको फेला परेको छैन ।
हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए । देवकी २५ वर्षदेखि घोराही नगरपालिका–४ सौंरीमा दाजु डम्बर विश्वकर्माको घरमा बस्दै आएकी थिइन् ।
प्रहरीले प्राप्त गरेका प्रारम्भिक जानकारी अनुसार बिहीवारमात्रै उनी बहिनी विमला विश्वकर्माको घर चौघेरा आएकी देवकीको राति नै विभत्स हत्या भएको हो । देवकी लामो समयदेखि मानसिक रोगी रहेकी दाजु डम्बर विश्वकर्माले बताए ।