यौनप्यास मेट्न नपाउँदा महिलाको जिब्रो काटियो
Advertisement

फोटो :एजेन्सी
एजेन्सी : भारतको पश्चिम बंगालस्थित मुर्सिदाबादमा महिलामाथिको अर्को क्रुर बर्बरताको घटना बाहिर आएको छ ।
सञ्चरमाध्मयममा आएको समाचार अनुसार बलात्कार हुनबाट जोगिन खोज्दा एक युवाले महिलाको जिब्रो नै काटिदिएका छन् ।
यौनप्यास मेटाउन नपाएको झोंकमा ती युवाले महिलाको जिब्रो काटिदिएर टाउकोमा समेत गम्भीर चोट लाग्ने गरी कुटपिट गरेका छन् 
यो घटना मुर्सिदाबाद जिल्लाको बोखारा गाउँमा भएको हो । आरोपी युवाले बलात्कार गने खोजेपछि ती महिलाले प्रतिकार गरेकी थिइन् ।
यौनप्यास मेटाउन नपाएपछि युवाले जिब्रो काटिदिएर गम्भीर घाइते भएकी ती महिलाको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
महिलाको जिब्रो काटिदिने युवा छिमेकी गाउँमा रहेका छन् । स्थानीय पुलिसले घटनाको जाहेरी दर्ता गरेर छानविन थालेको छ । तर अहिलेसम्म घटनाका आरोपी युवालार्इ भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.