९ साउन – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल संविधानमा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्ने विषयमा एक मत देखिएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा देशभरिबाट आएका सुझावालार्य आधार मानेर उनीहरु यस्तो निष्कर्षमा पुगेका हुन् । ओली र नेपाल दुवैले धर्मनिरपेक्षता शब्द व्याख्या गलत भएकोले त्यसलाई हटाएर धार्मिक स्वतन्त्रता राख्नुपनेै बताएका हुन्। पछिल्लो पल्ट पार्टीका विभिन्न विषयमा दुई नेताबीच विवाद भए पनि यस विषयमा दुवै एक देखिएका छन् । ‘धर्मनिरपेक्षता शब्दा राख्दा धर्म परिवर्तनले प्रश्रय पाउँछ कि भन्ने आशंक प्रकट भएको छ । नेपाली जनताका यी सबै आशंकालाई समेटेर जानुपर्छ । यो हाम्रो पार्टीभित्र पनि छलफलको विषय बन्छ । सबै धर्मका मानिसको चिन्ता र चासोलाई समेटेर संविधान ल्याउनु पर्छ’ नेपालले भने । अध्यक्ष ओलीले शुक्रबार नै धर्मरिपेक्षताको अनुवाद र व्याख्या नै गलत भएकोले त्यसको स्थानमा धार्मिक स्वतन्त्रता राख्नु पर्ने बताए । उनले धर्म परिवर्तन गर्न नपाउने व्यवस्था गरिनु पर्नेमा जोड दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Advertisement