दाह्री पलाएकी मोडलको बेहुली पोज (फोटो फिचरसहित)
Advertisement

behuli  (4)जिउमा अत्यधिक रौँ पलाउने वंशाणुजन्य समस्या पीडित एक युवतीले सुन्दरताको मान्यतालाई नै चुनौति दिँदै बेहुली पहिरनमा फोटोशूट गराएकी छिन् । बेलायती मोडेल २३ वर्षीया हरनाम कौरका झपक्कै दाह्री पलाएका छन् । जिउका अन्य भागमा पनि प्रसस्तै रौँ पलाएका छन् । उनको जिउ कुनै सुन्दरी महिलाको भन्दा ठ्याक्कै विपरित हुनसक्छ ।
तर उनले आफ्नो सुन्दरतालाई फरक ढंगले प्रस्तुत गर्दै बेहुली बनेर फोटोशूट गराइन् । बेहुली गाउन तथा टाउकोमा जंगली सेतो फूलका पगरी लगाएर उनले दिएका पोजहरु निकै अनौठा लाग्छन् । दक्षिणी लण्डनकी फोटोग्राफर लुइसा कल्टथ्रस्टले उक्त फोटोशूट गरेकी हुन् ।
बर्कशायरस्थित स्लगकी बासिन्दा कौरलाई पोलिसिस्टीक ओभरी सिन्ड्रोम भन्ने रोग लागेको छ, जसका कारण महिलामा पुरुष हर्मोन उत्सर्जन हुन्छ र जिउमा दाह्रीजुँगा लगायतका भुत्ला प्रसस्तै पलाउन थाल्छन् ।
behuli  (3)
कौरको जिउमा पनि ११ वर्षकी हुँदादेखि रौँ पलाउन थालेको हो र उनले जिउका भुत्ला फ्याँकेर सफाचट् पार्नका लागि हजारौँ पाउण्ड खर्च गरिन् । उनले जिवनमा धेरै हेला तथा तिरस्कारका साथै हिंसा पनि भोग्नुपर्यो । अरुले जिस्काइरहेका कारण उनले १६ वर्षको उमेरमा त धेरैपटक आत्महत्याको प्रयास पनि गरिन् ।
त्यसपछि उनले धर्म परिवर्तन गर्ने निधो गरिन् र शिख धर्म अबलम्बन गरिन् । शिख धर्ममा दाह्रीजुँगा फाल्न मनाही हुने भएकाले उनलाई हाइसन्चो भयो । अनि त्यसपछि उनले आफ्ना दाह्रीजुँगाका साथै अन्य भागका रौँ पनि खौरन छाडिसकेकी छिन् ।
त्यसपछि उनको जिवनले नै नयाँ मोड लियो । फोटोग्राफीकी शौखिन हरनामले बेहुली पहिरनमा दिएका पोज यस्ता छन्
behuli  (1)
behuli  (2)





Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.