करिनाको आइटम डान्सलाई चोरीको आरोप
Advertisement
मुम्बई । करिना कपुरले आईटम डान्स गरेको ‘मेरा नाम मैरी है…सर्वसाधारण दर्शकको विचमा निकै लोकपि्रय छ । कतिपयले यही गुन्गुनाउन थालेका पनि छन् । यसमा करिनाले गरेको नृत्य निकै लोभलाग्दो पनि छ र धेरैले तारिफ पनि गरे ।
तर, यो गीत त्यसै यति राम्रो बनेको हैन । बलिउड समिक्षकहरुका अनुसार यो गीतमा निर्देशकको कला भन्दा चोरीवाला दिमागले काम गरेको छ । भनिन्छ, यो आइटम डान्सका लागि पाँच ठाउँवाट विभिन्न स्टाईल चोरिएको छ । संगीत मात्रै हैन यसमा करिनाले लगाएको डे्रस र डान्स स्टेप पनि विभिन्न ठाउँवाट चोरिएको छ ।
पि्रयंका चोपडाले आईटम डान्स गरेको ‘जंजीर’को आईटम डान्सवाट थोरै प्रभावित भए जस्तो देखिन्छ । अजय अतुलले कम्पोज गरेको मराठी आईटम डान्सवाट जस्ताको तस्तै कपि गरिएको छ ।
कष्ट्युमको कुरा गर्ने हो भने चिकनी चमेलीमा कटि्रना कैफले लगाएको कष्ट्युमको डिजाईन चोरिएको छ । ऐश्वर्या रायले डान्स गरेको कजरारे…कजरारे…को स्टेपलाई लाजै नमानी चोरिएको छ ।

Advertisement