५ फिट गहिरो खाल्डोमा भेटियो २२ वर्षीय युवतीको लास
Advertisement
पहिला युवतीको साडि देखियो, त्यसपछि हात
घटना देवास जिल्लाबाट करिब १२ किलोमीटर टाढा गाउँको हो । भारतीय सञ्चारमाध्यमको खबर अनुसार सोमबार विहान करिब १० बजे गाउँलेहरु तालको किनारबाट अगाडि बढिरहेका थिए । त्यही बेला उनीहरुले एक ठाउँमा टूटेका चूडि देखे । अचानक उनीहरुले एउटा खाल्डो पनि देखे जो भर्खरै खनेको जस्तो देखियो । त्यसपछि उनीहरुले अनौठो बस्तुको आशंका गरी गाउँ चौकीदारलाई सूचना दिए । चौकीदारले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । खाल्डोको बरीपरी निरीक्षण गरेर माथिको माटो हटायो । केही बेरमा खाल्डोमा एउटा साडिको टुक्रा भेटियो । त्यसपछि एक युवतीको हात भेटियो ।
हातमा विष्णु संग रजनी लेखिएको थियो
अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । उनको उमेर २० देखि २२ वर्षको बीचमा छ । उनले सिन्दुर पनि लगाएकी छिन् । यसबाट उनी विवाहित महिला भएको पुष्टि भएको छ । उनको बायाँ हातमा विष्णु संग रजनी लेखिएको थियो । एजेन्सी दैनिक नेपाल बाट साभार

Advertisement