गर्मीमा पत्थरी हुनबाट कसरी बच्ने
Advertisement

drinking waterr
खानपान तथा जिवनशैलीमा आएको विषमतासँगै पछिल्लो समयमा मानिसहरुमा मृगौला रोग अझ पत्थरीको समस्या चुलिँदै गएको छ । हामी धेरैलाई थाहा नहुनसक्छ मृगौलाको पत्थरीसँग बढ्दो तापक्रम तथा आद्रताको सम्बन्ध रहेको हुन्छ । गर्मीमा तापक्रम बढ्दा पत्थरीका विरामीको संख्या समेत बढ्ने देखिएको छ । विज्ञहरुका अनुसार जलवायु, तापमान तथा आद्रता पत्थरीको समस्या बढाउनमा सहायक हुन्छन् ।
जो मानिस निकै गर्मी वातावरणमा काम गर्छन् तथा प्रसस्त पानी पिउनै नभ्याउने गरी काम गरिरहन्छ उनीहरुमा मृगौलामा पत्थरीको जोखिम उच्च हुन्छ ।
डिहाइड्रेसनका कारण पनि पत्थरीको समस्या हुनसक्छ । जब गर्मीयाममा पसिनाको माध्यमबाट सरीरको पानी नोक्सान हुन्छ तर त्यसलाई पूर्ति गर्न व्यक्तिे पर्याप्त पानी पिउँदैन त्यसबाट विभिन्न खाले स्वास्थ्य समस्या उत्पन्न हुन्छन् र ती मध्ये एक हो मृगौलाको पत्थरी ।
त्यसैले मृगौलाको पत्थरीबाट बच्नका लागि निम्न उपाय अपनाउनु राम्रो हुन्छ-
  • दिनमा तथा रातमा सुत्नुभन्दा अघि पर्याप्त पानी पिउनुपर्छ । ता की सरीर २४ सै घण्टा हाइड्रेट होस् । यदि तपाइँलाई हरेक दुइ घण्टामा पिसाब लाग्दैन भने तपाइँले पर्याप्त पानी पिउनुभएको छैन भनेर बुझ्नुहोस् । हरेक दिन अढाइ लिटर मुत्र त्याग हुनैपर्छ ।
  • कागतीको रस घोलेर पानी पिउनुहोस् । यसले पत्थरीको जोखिम कम गर्छ ।
  • त्यस्ता पदार्थ कम खानुस् जसमा अक्जालेट तत्व हुन्छ । अक्जालिक एसिडका कारण क्याल्सियम अक्जालेट बन्दछ । मृगौलामा पर्ने पत्थरी यहीँ क्याल्सियम अक्जालेट नै हो । सोडा, आइस टी, कतिपय चकलेट, स्ट्रबेरी तथा पालुंगोको सागमा पनि अक्जालेट पाइन्छ ।
  • कफीको सेवन कम गर्नुहोस् । कफीमा हुने क्याफाइन तत्वका कारण सरीमा जल वियोजनको जोखिम बढि हुन्छ । जसले पत्थरीको खतरा बढाउँछ ।
    नूनको सेवन सधै कम गर्नुहोस् ।
  • मासुजन्य पदार्थहरु अर्थात् जनावर प्रोटिनको सेवन अधिक गर्नुहुँदैन । माछा, मासु तथा अण्डामा प्युरिन्स नामक तत्व पाइन्छ । जसको अत्यधिक मात्रा मृगौलाका लागि लाभदायक मानिँदैन ।
  • पर्याप्त मात्रामा सलाद खानुहोस् । पानी बढि आपूर्ति हुने फलफूलको सेवन गर्नुहोस् ।
  • नियमित व्यायाम गर्नुहोस्, वजन नियन्त्रणमा राख्नुहोस् र स्वस्थ जिवनशैली अपनाउनुहोस् ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.