दाङमा हत्या गरिएकी देवकी बिश्वकर्माको टाउको पाँच दिन पछि मकैबारीमा फेला
Advertisement

११ साउन, दाङ । दाङमा गत बिहिबार हत्या गरिएकी देवकी बिश्वकर्माको टाउको पाँच दिन पछि मकैबारीमा गाडिएको अबस्थामा फेला परेको छ । घोराही नगरपालीका ४ चौघेरामा ५६ बषिर्या देवकीको विभत्स हत्या गरी टाउको, कलेजो, फोक्सो र आन्द्रा बेपत्ता पारेको थियो ।
पक्राउ परेका विश्वकर्मा
पक्राउ परेका विश्वकर्मा
हत्याको अभियोगमा सोही ठाउँका ज्वाई नाता पर्ने ३८ बषिर्य रमेश बिश्वकर्मालाई खुकुरीसहित पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आईतबार देउखुरी सतबरीया गाबिस २ कप्तानगञ्ज रमेशलाई खुकुरी सहित पक्राउ गरेको थियो ।
रमेशको वयानका आधारमा घटना भएको ६ सय मिटर पूर्व मकैबारीमा सोमबार गाडिएको अबस्थामा टाउको फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी दिए । अन्य कलेजो, फोक्सो र आन्द्रा भने भेटिएको छैन् ।
टाउको गाडेको स्थान देखाए पनि मानसिक रोगी रहेका रमेशले अरुले नै हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
सोधपुछको क्रम जारी रहेको र थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
मानसिक रोगी रहेकी देवकी २५ बर्ष देखि त्रिपुर ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएको र बिहिबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला हत्या भएको थियो ।
f


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.