विमानमा बम भएको खबरपछि आपतकालिन अवतरण
Advertisement
फोटो :एजेन्सी (मस्कट इन्टरनेसनल एयरपोर्टमा आकस्मिक अवतरण गरिएको विमान)
ओमान : मुम्बईबाट दुबई गइरहेको जेट एयरवेजको फ्लाइटमा बम रहेको खबर पाएपछि ओमानको राजधानी मस्कटमा विहीबार विमान इर्मजेन्सी ल्याण्डिङ गरिएको छ । विमानको जाँच भइरहेको समाचारमा जनाइएको छ ।
नाइनडब्लु ५३८ नम्बरको सो जेटमा बम राखिएको कुनै एक व्यक्तिले फोनमा धम्की दिदै बताएको समाचारमा उल्लेख गरिएको छ । विमानमा बम भएको खबर पश्चात तुरुन्तै मस्कटको इन्टरनेसनल एयरपोर्टमा विमान अवतरण गरिएको टाइम्स अफ ओमानले जनाएको छ ।
ओमानमा जेट एयरवेजका जनरल म्यानेजर रियाज कुट्टेरीले दिउसो डेढ बजे विमानलाई अवतरणको आदेश दिइएको बताएका छन् । दुई दिनअघि मात्रै दिल्लीमा टर्किस एयरलाइन्सको विमानमा बम भएको हल्लापछि इर्मजेन्सी अवतरण गरिएको थियो । तर सो विमानमा केही पनि भेटिएको थिएन ।
Advertisement