ग्यास सिलिन्डर पड्कँदा महिलाको मृत्यु
Advertisement
खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया पत्नी बबिता मुखियाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
मृतकको शव परीक्षण पश्चात अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाएको छ । रासस