रौतहटमा बलात्कृत बालिकाको अवस्था चिन्ताजनक
Advertisement

raped girl
श्रावण १६ – रौतहट ।
पतौरा गाविस-६ मा शुक्रवार साँझ बलात्कारको शिकार बनेकी बालीकाको अवस्था चिन्ताजनक बनेको छ । १० वर्षीया बालीकालाई गाउँकै एक यूवकले बलात्कार गरे पछि अत्यधिक रक्तश्रावले उनको अवस्था चिन्ताजनक बनेको हो । उनको बिरगंज स्थित नेशनल मेडीकल कलेजमा उपचार भईरहेको छ । जिल्लामा पछिल्लो ४ महिनामा ८ वटा बलात्कारका घटना भएका छन् ।

उक्त गाविसका १७ बर्षीय राधेश्याम पटेलले बालीकालाई बलात्कार गरी घाइते बनाएका हुन् । पटेल फरार रहेको प्रहरीले जनाएको छ । नजिकको खेतमा गएकी बालीकालाई पटेलले जवरजस्ती गरी फरार भएको ईलाका प्रहरी गरुडाका सहायक निरिक्षक सुखाडी साहले जनाए । बलात्कार पछि बालीकोको मुत्रद्धारबाट अत्यधिक रक्तश्राव भएकाले अवस्था गम्भिर बनेको हो, साहले भने, ‘थप उपचारका लागी बिरगंज पठाईएको छ । प्रहरीले घट्नास्थल पुगी घट्नाको अनुसन्धान गरेको जनाएको छ ।’
वास्तविकता बुझ्न गाउँ गएको सुरक्षाकर्मिलाई घट्नाको मुचुल्कामा हस्ताक्षर गर्न गाउँका स्थानियले असहयोग गरेका थिए । बालीका दलित भएकी र उक्त गाउँमा दलितको ३ घरमात्र रहेकाले उपल्लोजातीका मानिसको डरले पीडितले समेत मुचुल्कामा हस्तक्षर गर्न डराएका थिए । घट्नामा सँलग्न पटेल फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.