गैरकानुनी रूपमा अमेरिका छिर्ने ८० प्रतिशत महिलाहरू बलात्कृत हुने तथ्याङ्क सार्वजनिक
Advertisement

न्युयोर्क : अमेरिका आउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन ।’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ । मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ । मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थिएँ ।’होण्डुरसको बाटो हुँदै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने क्रममा बाटोमा दलालहरूबाट पटकपटक बलात्कृत भएकी उनी न्युयोर्क आउँदासम्म २० हप्ताको गर्भ भइसकेको थियो । गर्भ कस्को हो भन्ने पनि थाहा थिएन । सपना अमेरिकाको थियो तर विपनामा पटकपटक बलात्कृत हुनुपर्यो। उनको कथा यति दर्दनाक थियो कि सुन्नेलाई मन थाम्न मुस्किल हुन्थ्यो ।
usa 3‘बलात्कारबाट बसेको गर्भ पेटमा बोकेर हिड्नुभन्दा आत्महत्या गर्नु वेश’ भन्ने ठानेर उनले आत्महत्याका लागि सुसाइड नोट लेखिसकेकी थिइन् । तर न्युयोर्कमा भेटिएकी एकजना नेपाली सामाजिक कार्यकर्ताले उनका लागि बाँच्ने आशा जगाइदिइन् । बलात्कारबाट बसेको गर्भ पतन गरेर नयाँ जिन्दगी सुरु गर्नका लागि सम्झाइबुझाई गरिन् ।ति नेपाली सामाजिक कार्यकर्ताले उनलाई गर्भपतनका लागि क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा लगिन् । तर अस्पतालले गर्भपतन गर्न मानेन ।
३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ । मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ । मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थिएँ ।’
विभिन्न अस्पताल र प्राइभेट क्लिनिकहरू चहार्ने क्रममा क्वीन्सकै एउटा प्राइभेट क्लिनिकले गर्भपतन गरिदिने सहमति जना तर १५ सय अमेरिकी डलर शुल्क लिएर । बल्लतल्ल अमेरिका आएकी उनीसँग १५ सयको त कुरै छाडौं, १५ डलर पनि थिएन । तर तिनै सामाजिक कार्यकर्ताको सहयोगमा रकम जुटाएर उनको गर्भपतन गरियो । अहिले उनी न्युजर्सीमा बेबी सिटिङको काम गर्छिन् । एसाइलमको लागि दिएको आवेदन अहिलेसम्म पेन्डिङ नै छ ।
usa 2‘यो एउटा भयानक सपना जस्तो लाग्छ । भैगो नसोध्नुस् त्यो विगतको कुरा । सम्झ्यो भने फेरी मर्न मन लाग्छ ।’ उनले यसो भनिरहँदा उनका आँखाबाट आँशुको धारा बगिरहेको थियो । नेपालमा उनका १० वर्षको छोरा र ८ वर्षकी छोरी श्रीमानको जिम्मामा छाडेर आएकी उनले आफ्नो यो पीडा श्रीमानलाई पनि भन्न सकेकी छैनन् । ‘कसरी भन्नु यस्तो कुरा श्रीमानलाई ? यस्तो कुरा थाहा भयो भने शायद श्रीमानले मलाई छोडिदिन्छन् । समाजमा कसरी मुख देखाउनु ?’ उनी भन्छिन् ।
पीडा यी महिलाको मात्र होइन, मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा अधिकांश महिला बलात्कार र यौन दुर्व्याबहारको शिकार हुने गरेको एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले समेत देखाएको थियो । एम्नेष्टी इन्टरनेशनलको पछिल्लो रिपोर्टमा गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा मध्य अमेरिकी देशमा आउँने क्रममा ६० प्रतिशत महिला बलात्कृत हुने उल्लेख गरिएको थियो । तर फ्युजन इन्भेष्टिगेसनले अझ पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै ८० प्रतिशत महिला बलात्कारको शिकार हुने दावी गरेको छ ।बलात्कृत नेपाली महिला भन्छिन् –‘ म मात्र होइन, हामीसँगै आउने अरु महिला पनि बलात्कृत भए । कतिपयले दलाललाई पैसाको साटो शरीर सुम्पे भने कतिपय जर्बजस्ती बलात्कृत भए । लठ्याउने औषधी सुघाएर समेत उनीहरुले बलात्कार गरे ।’
अमेरिकी जेलमा बलात्कार अमेरिकामा अपराधीहरुले सजाय काट्ने जेलहरुमा झण्डै ४ प्रतिशत कैदीहरु बलात्कृत हुनेगरेका छन् । यसरी बलात्कृत हुनेहरुमध्ये पुरुषबाट बलात्कृत हुने पुरुष धेरै छन् । पछिल्लो रिपोर्ट अनुशार हरेक वर्ष झण्डै १ लाखको हाराहारीमा कैदीहरु जेलभित्र बलात्कृत हुने गर्छन् । त्यसमध्ये झण्डै आधाजसो जेलका कर्मचारीहरुबाट बलात्कृत हुने गरेका छन् । जघन्य अपराध गरेबापत राखिने जेलमा बलात्कारका घटना नौला होइनन् । तर अमेरिकाका इमिग्रेशन जेलमा समेत बलात्कार र यौन दुर्व्याबहार भएका घटनाहरु सार्वजनिक हुने गरेका छन् । एउटै सेलमा रहँदा पुरुषबाटै पुरुष बलात्कृत भएका घटनाहरु मात्र होइन, इमिग्रेशन जेलमा गार्डहरुले महिलामाथि यौन दुर्व्याबहार गर्ने र अध्यागमन मुद्दामा सहयोग गर्ने आश्वासन दिदै यौनका लागि आग्रह गर्ने गरेका घटनाहरु समेत सार्वजनिक हुने गरेका छन् ।तेश्रो लिंगीहरुका लागि छुट्टै सेलको व्यवस्था नहुँदा र उनीहरुलाई पुरुषहरुसँगै राखिने हुँदा बलात्कारका शिकार हुने गरेका छन् । एरिजोनामा रहेको एलोय डिटेन्सन सेन्टरमा हालै एकजना तेश्रो लिंगी महिला बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । नेपालीहरुका सन्दर्भमा भने जेलभित्र बलात्कार वा यौन दुर्व्याबहारका घटनाहरु सार्वजनिक भएका छैनन् । यसरी हुने बलात्कारका घटनाबारे युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका प्रवक्ता भिन्सेन्ट पिकार्डले भने – ‘केही नयाँ चुनौतीहरु थपिएका छन् । विगतमा कानुन कार्यान्वयन इकाइहरुले डिल गरेका भन्दा नयाँ नयाँ चुनौतीहरु थपिदै गएका छन् ।
– किशोर पन्थी



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.