१२ वर्षीया बालिका माथि सामूहिक बलात्कार
१७ साउन ।
१२ वर्षीया एक बालिका सामूहिक बलात्कृत भएकी छिन् । पर्साको भेडियारीमा तीन जना युवकले उनीमाथि सामुहिक बलात्कार गरेका छन्। शुक्रबार राति छिमेकी गाँउकै तीन जना युवकले मध्यराति पिसाब फेर्न घरबाट बाहिर निस्किएकी बालिकालाइ अपहरण गरि धानको खेतमा लगेर पालै पालो जबरजस्ती करणी गरेका हुन् । पिडित बालिकाको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ। बलात्कारमा संलग्न तीनै जना युवकहरुलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक निशान थापाले बताएका छन् । प्रहरीका अनुसार ति युवकहरु विरुद्ध अपरहण र जबरजस्तिकरणी मुद्धा चलाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्...