हिमानी नआएपछि आफैं गाडी चलाएर अस्पतालबाट निस्किए पारस
Advertisement
१३ साउन– पूर्वयुवराज पारस शाह चार दिनको अस्पताल बसाइपछि बुधबार डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि पारस आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । शल्यक्रियापछि पारसको मुटुमा पेसमेकर जडान गरिएको थियो ।
उनलाई लिन श्रीमती हिमानीसहित परिवारका कोही पनि अस्पताल गएनन् । बाबु ज्ञानेन्द्र र हिमानी आइतबार नै पारस भेट्न नर्भिक पुगेका थिए । अस्पतालबाट बाहिरिएलगत्तै पारस आफैंले गाडी हाँकेका थिए । लागुऔषध मुद्धामा जेल बसेर बैंककबाट पाँच महिनाअघि स्वदेश फर्केका उनी पछिल्लो समय छाउनीस्थित बहिनी प्रेरणाको घरमा बस्दै आएका छन् । पारसलाई यसअघि बैंककमा छँदा दुईपटकसम्म हृदयघात भएको थियो । फोटो , न्युज साभार काठमाडौँ टुडे बाट | भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस >>>
Advertisement