तालिबान प्रमुख मुल्ला उमर मारिए
Advertisement
पछिल्लो केही महिनादेखि मुल्ला उमरका बारेमा अनेक अटकलबाजी गरिएको थियो । तर, अफगान सरकारका वरिष्ठ अधिकारीले पहिलो पटक यसको पुष्टि गरेको छ ।
सोभियत सेनाले अफगानिस्तान छाडेपछि सुरु भएको गृहयुद्धमा मुल्ला उमरको अगुवाइमा तालिबानले प्रतिद्वन्द्वी मिलिसियामाथि जित हात पारेको थियो ।
मुल्ला उमेरलाई अल कायदाका प्रमुख आसामा बिन लादेनसँग पनि निकट रहेको मानिन्थ्यो ।
जसका कारण २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा आक्रमण गर्दा मुल्ला उमरलाई निशाना बनाएको थियो । त्यसबेला देखि नै मुल्ला उमर भूमिगत छन् ।
अमेरिकाले उनको टाउकोको मूल्य एक करोड अमेरिकी डलर तोकेको थियो ।
Advertisement