भीषण पहिरोले कास्कीमा २३ जनाको मृत्यु
Advertisement
१२ जना बेपत्ता, तीन दर्जन घर बगे
पोखराः अबिरल वर्षासँगै कास्कीमा गएराति झरेको भीषण पहिरोमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ । लुम्लेमा १६, भदौरेतामागी घाँटछिनामा ५ र ढिकुरपोखरीमा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
कास्कीको उत्तरपश्चिम क्षेत्रस्थित लुम्ले–६ वगलटोलडाँडामाथिबाट आएको भीषण पहिरोले पुरेर १० महिला र २ पुरुषको मृत्यु भएको हो ।
करिव एक हजार मिटर तल भूपि शेरचन राजमार्गको न्याउरीखण्डसम्म झरेको पहिरोमा अझै ६ जना बढी बेपत्ता भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मध्यराति १ बजे आएको पहिरोमा वेपत्ताहरुको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासीले बिहानैदेखि खोजी गरिरहेका छन् ।

मृतकको संख्या अझै बढ्नसक्ने उद्वारमा खटिएका कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले अनुमान गरे । बस्तीमाथि पहाडको मध्यभागमा रहेको २० हजार लिटर क्षमताको पानी ट्यांकीलाई वगलटोल डाँडाको सिरानबाट आएको पहिरोले लडाएपछि कम्तिमा १४ घर गेका थिए ।
यसैगरी कास्कीको दक्षिण–पश्चिम ोत्र भदौरेतामागीको घाँटीछिनामा बुधबार राति वर्षासँगै आएको पहिरोले कम्तिमा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन महिला र दुई पुरुष रहेका छन् ।
घाँटीछिनाको ढुडाको फाँटमा पञ्चासेको फेदीमा रहेको देउरालीडाँडामाथिबाट आएको भीषण पहिरोले कम्तिमा २० घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
फेवातालको सिरानमा रहेको हर्पनखोलामा भीषण बाढी आएकाले सुरक्षित स्थानको खोजी गर्दै गएका गाउँलेहरु पहिरोमा परेका स्थानीय दामबहादुर बिश्वकर्माले जानकारी दिए ।

उनले चार जना अझै वेपत्ता रहेको बताए । घाँटीछिनाका घाइतेहरुमध्ये सिकिस्त अवस्थाका नौ जनालाई स्थानीयबासी र प्रहरीले उपचारको लागि पोखरा ल्याइपु¥याएका छन् ।
हर्पनखोलामा पानीको सतह निकै बढेकोले उद्वारमा गएको हेलिकप्टर अवतरण गर्न नसकेर दुई पटकसम्म फर्केको थियो ।
लुम्लेमा स्थानीयबासीले तीनजनाको जीवितै उद्वार गरेका थिए । घाइतेहरुको मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।