सुनचादि किन्नेलाई खुसीको खबर !!! सुनको भाउ ह्वात्तै घट्यो
Advertisement

काठमाडौं, २४ असार । पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर ओरालो लागिरहेको छ ।
अन्तराष्ट्रिय बजारको मूल्य ओरालो लागेसँगै नेपालमा पनि सुनचाँदीको मुल्य निरन्तर घटिरहेको हो । सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनचाँदीको भाउ टिरहेको छ ।

नेपालमा एक महिनामै सुनको मुल्यमा ३ देखि ४ हजारले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको प्रतितोला ३ सय रुपैंयाँ तथा चाँदीको तोलामा २० रुपैंयाँले मूल्य घटेको छ

नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोलाको ५० हजार ५ सय, तेजावी सुनको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने, चाँदी प्रतितोलाको ६ सय ६५ रुपैंयाँ पुगेको छ । मुल्य घटेसँगै बजारमा सुनचाँदीको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.