दुर्इजनालार्इ फाँसीमा झुन्डाइयो
Advertisement

फोटो :फाइल फोटो
एजेन्सी : पाकिस्तानमा रमजानका क्रममा लगाइएको फासीमाथिको रोक हटाइए लगत्तै सोमबार दुर्इजनालार्इ फाँसी दिइएको छ ।
सोमबार दिउँसो मुल्तान सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय पाएका दुर्इ दोषीलार्इ फाँसीमा झुन्डाइएको हो ।
फाँसी दिइएका मध्ये फारुख बाबरलार्इ सन् १९९८ मा एक व्यक्तिको हत्याको मामिलामा दोषी ठहर्‍याइएको थियो ।
उनले उधारो लगेको सामानको पैसा नतिर्ने ब्यक्तिको ज्यान लिएका थिए । फाँसीमा झुन्डाइएका अर्का व्यक्ति करिम नवाजले पुरानो रिसको घटनामा एक व्यक्तिलार्इ हत्या गरेका थिए ।
दुबै दोषी अलग-अलग मामिलामा मृत्युदण्डको सजाय कुरेर जेलज जीवन बिताइरहेका थिए ।
उनीहरुलार्इ रमजानको पवित्र महिना गुज्रेपछि मृत्युदण्ड दिइयो । यसअघि उनीहरु दुबैले मृत्युदण्डबाट बच्न राष्ट्रपतिकहाँ निवेदन पनि पठाएका थिए ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.