हिमानी शाहले संविधानको मस्यौदाका बारेमा यसो भनिन्
Advertisement
सबै नेपाली जनताको जस्तै धारणा आफ्नो पनि रहेको बताउँदै पूर्वयुवराज्ञी हिमानीले संविधान निर्माणका क्रममा जनताको चाहनालाई नकार्नु नहुने बताइन्। कोषको कार्यालयमा छापा माध्यमका सञ्चारकर्मीसँगको भेटघाटमा उनले धर्म, नागरिकता लगायतका विषयमा पत्रकारले गरेका जिज्ञासामा जबाफ दिन चाहिनन्।
हिमानी कोष राजनीतिमा समावेश हुन नचाहने प्रतिक्रिया दिँदै संविधानमा जनताको चाहनालाई सर्वमान्य हुने विचार उनले राखिन्। पत्रकारहरूले राजतन्त्र, हिन्दु राज्यलगायतका विषयमा पटकपटक गरेको प्रश्नमा हिमानी मुस्कुराइन् मात्र। उनले हिमानी कोषले भूकम्पपीडितलाई गरेको सहयोगको बारेमा जानकारी दिँदै यसलाई सुधार गर्नका लागि सञ्चारकर्मीसँग सुझाव मागेको छ।
कोषले भूकम्पपछि विभिन्न २२ स्थानमा राहत लिएर पुगेको थियो। स्रोत र साधनले भ्याएसम्म भविष्यमा सबै ठाउँमा जाने आफ्नो चाहना हिमानीले बताइन्।
Advertisement