मलेसियामा एक नेपालीको मृत्यु
Advertisement
फोटो :डेङ्गुबाट ज्यान गुमाएका चक्रबहादुर
मलेसिया : दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए । जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुँदै आएका छ्न । खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन् ।
अत्याधिक ज्वारो आउने, खाना नरुच्ने र जिउ दुख्ने डेङ्गुका लक्षण रहेका चिकित्सकहरुको भनाइ छ । सुरुवातमै उपचार गरे निको हुने भए पनि हेलच्याक्राइँका कारण ज्यान जाने चिकित्सकहरु बताउँछ्न । मृतकको शब पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।