गुल्मीमा यसरी भयो काका-भतिजीको हत्या
Advertisement
१० साउन, तम्घास । गत शुक्रवार विहान गुल्मीको पिपलधारामा रुखको टुप्पोमा १८ वर्षीया सीता मुखिया र झुण्डीएको अवस्थामा र ३८ वर्षीय बेलबहादुर मुखिया फेदमा मृत अवस्थामा फेला परे । नाताले काका-भतिजी पर्नेहरुको मृत्युलाई कसैले हत्या भने कसैले आत्महत्या भएको अड्कल गरे ।
घटना रहस्यमय मानिएका बेला प्रहरीको अनुसन्धानले त्यो घटना हत्या नै भएको पुष्टि गरेको छ । हत्यामा संलग्न तीन जनालाई पक्रनसमेत प्रहरी सफल भएको छ ।
घटनाको रहस्य सार्बजनिक भएपछि स्थानीय चकित परेका छन् । किनकी त्यो पासविक हत्या गर्ने अरु कोही नभएर बेलबहादुरकै ४४ वर्षीय दाजु नारायण मुखिया रहेको खुलासा भएको छ । प्रहरीले स्थानीय नारायण मुखिया, बासुदेव जिसी र पिपलधारा ५ का विष्णुबहादुर मुखियालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी राखेको छ ।
उनीहरुले घरको दलानमा सुतिरहेका बेलबहादुरलाई चिर्पटले हानेर हत्या गरेको र घटना सार्बजनिक हुने डरले सोही ठाउँमा रहेकी सीतालाई पनि तिनै जनाले मुख छोपेर हत्या गरी नजिकैको खनियाँको रुखमा लगेर चुन्नीले घाँटिमा बाँधेर झुण्डाएको स्वीकार गरेका छन् ।हत्या गर्नेबेला अरुले नसुनोस् भनेर नारायणले ठूलो आवाजमा क्यासेट घन्काएका थिए ।
दाजु नारायण र भाइ बेलबहादुर सँगै बसेर साउने संक्रान्ति मनाएका थिए । त्यस दिन समूहको बैठकमा भाइ बेलबहादुरले दाजु नारायणले कृषि समुहको रकम हिनामिना गरेको कुरा उठाएका थिए । यीनै विषयको विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
– अनिल खत्रीबाट
Advertisement