विरामी पारश लाई भेटन हिमानी दोस्रो दिनपनि अस्पताल पुगिन
Advertisement

काठमाडौं,साउन ११ –

विरामी पत्नी पारश शाहलाई भेटन हिमानी दोस्रो दिनपनि अस्पताल पुगेकी छिन् । मुटुमा अचानक समस्या देखिएपनि आइतवार पारशलाई नर्भिक अस्पताल पु¥याएको थियो । मुटुको धड्कन अनियमित भएपछि पूर्वयुवराज शाहलाई उपचारका लागि पुन: अस्पताल भर्ना गरिएको थियो ।   आइतबार मध्याह्न थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका पारसको मुटुमा डेढ घन्टा लामो अप्रेसनपछि इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावत र डा. सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी आइसिडी जडान गरेको हो । थाइल्यान्डमै रहँदा त्यहाँका चिकित्सकले पारसलाई आइसिडी प्रत्यारोपण गर्न सल्लाह दिएका थिए । तर, चार महिनाअघि नेपाल फर्किएका पारसले स्वास्थ्यमा लापरबाही देखाउँदै आएका थिए । पारस पहिलेदेखिकै मुटुरोगी हुन् । उनलाई दुईपटक गम्भीर हृदयाघात भइसकेको छ । समयमै उपचार पाउँदा मुस्किलले बाँचेका पारसले चिकित्सकको सुझाब र नियमित औषधि नलिँदा खतरनाक अवस्थामा पुगेको जानकारहरू बताउँछन् । आइतवार चिकित्सकको सल्लाहअनुसार मध्याह्न १२ बजे निजी निवास जीवनकुञ्जबाट छोरा हृदयन्द्र र बहिनीहरुलाई गाडीमा राखेर हिमानी नर्भिक अस्पताल पुगेकी थिइन् । उनी अवेरसम्म अस्पतालमै बसेकी थिइन् ।  


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.