हेर्नुहोस मूल्य ब्रिदी !!!! कुन महिना मा के को मूल्य कति बढ्यो ?
Advertisement
९ साउन, काठमाडौं । आर्थिक वर्ष २०७१/०७२ को एघार महिनामा समग्रमा ७.२ प्रतिशतले मूल्य बढेको छ । यो लक्ष्यभन्दा केही कम हो । गत वर्ष ८ प्रतिशत कम मुल्य वृद्धि रहने सरकारी प्रक्षेपण थियो ।
अघिल्लो वर्षको यसै अवधिमा भने ९ प्रतिशतले मूल्य बढेको थियो । संकुचनकारी मौद्रिक विस्तारका कारण मूल्यवृद्धि नियन्त्रणभित्रै रहेको हो । तर, कर्जाको माग उल्लेख्य नबढ्दा अर्थतन्त्रले वर्षभरी नै अधिकत तरलता (लगानी योग्य पुँजी) को समस्या झेलिरहृयो ।
गत आर्थिक वर्षका एघार महिनामध्ये भदौ महिनामा सबैभन्दा धेरै मूल्यवृद्धि भएमको छ । राष्ट्र बैंकका अनुसार भदौ महनिामा ७.६ प्रतिशतले मूल्य बढेको हो ।
त्यसैगरी, पुस महिनामा सबैभन्दा कम मूल्य बढेको छ । यो महिनामा ६.८ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, साउन महिनामा ७.५, कात्तिकमा ७.५, मंसिरमा ७.२, माघ र फागुनमा ७, चैतमा ६.९, बैशाखमा ७.१ र जेठमा ७.४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, साउन महिनामा ७.५, कात्तिकमा ७.५, मंसिरमा ७.२, माघ र फागुनमा ७, चैतमा ६.९, बैशाखमा ७.१ र जेठमा ७.४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिकवर्षभरीमा ७.५ प्रतिशतले मात्रै मुल्य बढ्ने राष्ट्र बैंकको पछिल्लो प्रक्षेपण छ । १२ महिनामध्ये अन्त्िम अर्थात असार महिनाको मात्रै मूल्यवृद्धिको तथ्यांक सार्वजानिक भएको छैन ।
‘अपेक्षित स्तरमा मौदि्रक विस्तार रहेको, पेट्रोलियम पद्धार्थको मूल्यम गिरावट आएको, र छिमेकी मुलुक -खासगरी भारत) मा समेत मुल्यवृद्धि नियन्त्रणको स्तरमा रहेकाले वाषिर्क औषत मुद्रास्फिति दर लक्षित सीमाभन्दा केही तल अर्थात ७.७ प्रतिशतको हाराहारीमा रहने अनुमान छ’ मौदि्रक नीतिमा भनिएको छ ।
चालू आर्थिकक वर्ष २०७२/०७३ मा ८.५ प्रतिशतभन्दा बढी मुल्य बढ्न नदिने राष्ट्र बैंकको लक्ष्य छ । भूकम्पको पुननिर्मार्णका लागि बजारमा अरबौं रकम खर्च हुने र भएकोले सो पुँजी मुल्य बढाउने भएको हो । राष्ट्र बैंकले ८.५ प्रतिशतभित्र राख्ने दाबी गरेपनि विज्ञहरुले भने यो वर्ष १० प्रतिशतको हाराहारीमा मुल्य बढ्ने बताउँदै आएका छन् ।
Advertisement