अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा
Advertisement

१४ साउन

फोटो :युरिकाको परिवारबाट ठगिएका आकाश सिकरिया । तस्बिर : क्रान्ति शाह
वीरगन्जको एक प्रतिष्ठित व्यवसायीका छोराले झुटो मायाजालमा एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति गुमाएका छन् । वीरगन्ज १५ मुर्ली निवासी पेट्रोलियम व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाशले मायाप्रेमको चक्करमा परेर यति ठूलो सम्पत्ति गुमाएका हुन् । आजको अन्नपुर्ण दैनिकमा खबर छ । आफ्नो सर्वस्व नै ठानेर एक करोड ६ लाख रुपैयाँ खर्च गरेकी प्रेमिका अर्कैकी पत्नी भएको रहस्य खुलेपछि आकाश अहिले घरको न घाटको भएका छन् । चार वर्षदेखिको प्रेमसम्बन्ध साकार पार्न आकाशले काठमाण्डुमा रहेकी प्रेमिका युरिका दाहाललाई बिहे गर्न भन्दै दुई महिनाअघि जेठ १० गते विरगन्ज बोलाए । युरिका काठमाण्डुबाट वीरगन्ज त आइन् तर उनले आफू अर्केकी पत्नी भएको र बिहे नगर्ने बाताएपछि आकाश छाँगाबाट खसेझैँ खङ्ग्रङ्ङ भए । आकाशले अविवाहित ठानिएकी प्रेमिका विवाहित पाएपछि युरिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दामा उजुरी दिएका छन् - 



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.