पारस आज बुधबार अस्‍पतालबाट डिस्‍चार्ज हुने
Advertisement

फोटो :दिनेश विक्रम शाह
काठमाडौं : नर्भिक अस्पतालमा उपचारको क्रममा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा केही सुधार भएको छ । पारस बुधबार अस्‍पतालबाट डिस्‍चार्ज हुने भएका छन्।
स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आइसियूबाट निजी क्याबिनमा सारिएको छ। मुटुमा समस्या देखिएपछि पारसलाई आइतबार नर्भिकमा भर्ना गरिएको थियो। उनको मुटुमा विशेष प्रकारको पेसमेकर जोडिएको छ।
अस्पताल पुगेका परिवारका सदस्य तथा आफन्तसँग पारसले आफू ठीक रहेको बताएका थिए। पारसको स्थिति बुझ्न पूर्वराजारानी तथा पूर्वयुवराज्ञी हिमानी मंगलबार पनि नर्भिक अस्पताल पुगेका छन्।  पूर्वराजारानीले छोरा पारसको स्वास्थ्यबारे चिकित्सकसँग भलाकुसारी गरी फर्केका थिए।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.