यस्तो छ प्रेमिकासँगको ‘सेक्स भिडियो’ फेसबुकमा राख्ने रोकायाको नालीबेली
Advertisement
काठमाडौँ , १० साउन ।
नाम: गमान रोकाया, घर हुम्ला । ट्रेकिङ् ब्यबसाय गर्ने र सिए बन्ने सपना बोकेर काठमाडौँ आएका थिए उनी । क्याप वानका लागि आईक्यानमा दर्ता भएर पुतलीसडकस्थित सिमा एकेडेमीक्समा ट्युसन पढ्न भर्ना थिए उनी । बाबुको निधन भईसकेकाले पनि उनी एक्लो थिए जीवनमा । कसैको डर त्रास थिएन । ब्यबसाय गर्ने भएकाले पनि पैसाको खासै अभाव थिएन ।
झट्ट हेर्दा निकै सोझो देखिने उनी अलि बढी स्त्रीलम्पट थिए । कक्षामा पढ्दा पनि प्राय: केटीकै कुरा गर्थे उनी । सन् २०११ मा क्याप वानको परिक्षा त दिए तर पास हुन सकेनन् । ट्युसन सेन्टर र आईक्यानलाइ नै गाली गर्दै उनले पुन : भारतीय बोर्डको सिए पढ्ने निर्णय गरे । त्यसपछि सिमा वरिपरी नदेखिएका उनी कहाँ गए पत्तो भएन ।
उनले काठमाडौँमा बिबाह नै नगरी केटी राखेको छ भन्ने चर्चा चलेको थियो तर खासै वास्ता गरिएन । कसैले उसको अर्को गर्लफ्रेन्ड विदेशमा छ भन्ने पनि गर्थे । कसैले सिमा (रोकायाले पढेको ट्युसन सेन्टर) मै पनि उसको गर्लफ्रेन्ड छ भन्ने गर्थे । उसको गाउँमा बिबाह भएको पनि चर्चा चल्ने गर्थ्यो । उसका बारेमा अलि बढि नै चर्चा हुने गर्थ्यो ट्युसन सेन्टरमा । रोकायालाई नजिकबाट चिनेका एक सहकर्मीले उनीबारे प्रतिक्रिया दिए ।
आज उसको बारे विभिन्न समाचार आउँदा निकै दुख लागेको छ । धेरैले उनलाई सिए नै भनेका छन् । तर उनी सिए होइनन् । सिएको दोश्रो तह आइपीसीसीमा लड्केर बसिरहेका बिधार्थी हो । एउटा पत्रकारसँग यो सबै भनेर म चर्चामा आउन पनि खोजेको होइन । ‘मेरो नाम पनि उल्लेख नगर्नुहोला । तर जुन खालको काम भएको छ उबाट, त्यसको सजाय उसले पाउनै पर्छ । त्यसको लागि म पनि अप्रत्यक्षरुपमा लागिरहेको छु,’ आफू व्यस्त रहेको बताउँदै उनले थप जानकारी दिन मानेनन् । - source : nepalese.org
Advertisement