१० वर्षे वालकलाई बलि चढाइ विभत्स हत्या
Advertisement

नवलपरासी, ९ साउन । नवलपरासीमा एक १० वर्षे वालकलाई बलि चढाइएको छ । नवलपरासीको कुडिया गाविस–४ का जीवन कोहाँरलाई स्थानीय झाँक्रीले बलि चढाएका हुन । गाउँमा झारफुक (सोखा) को काम गर्ने स्थानीय रुद्धल चमारले छिमेकी शिवमंगल कोहाँरका १० वर्षीय छोरा जीवन कोहाँरलाई बलि चढाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
छिमेकी सुकई चमारका छोरा बिरामी भएपछि रुद्धलले झारफुक गरेका थिए । झारफुकका क्रममा सुकईका छोराले मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराउन थालेपछि रुद्धलले बालकको हत्या गरेका हुन् । विरामी बालक र हत्या गरिएको जीवन साथी हुन । बिहीबार साँझ बालक हराएपछि आफन्त र गाउँलेले खोजी गर्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोजीका क्रममा बालकको शव घरनजिकैको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो । लामा झाँक्रीको काम गर्दै आएका छिमेकी कोदई हरिजनको घरमा रगतका टाटासमेत भेट्टिए पछि प्रहरीले झाँक्री सहित घटनामा संलग्न ९ जनालाई पक्राउ गरेको छ । लक्ष्मी हरिजन, विजय हरिजन, शान्ति हरिजन, सूर्यमान हरिजन र रुद्दल हरिजनसहितलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । घटनापछि फरार रहेका कोदई हरिजनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.