जापानमा फेरी एक नेपालीको रहस्यमय मृत्यु
Advertisement
टोकियो । वैदेशिक रोजगारीको शिलशिलामा जापानको कानागावामा बस्दै बस्दै आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।
योकोहामाको होदोगायामा रहेको खुर्सानी इण्डियन रेष्टुरेन्टमा काम गर्दै आएका गोरखा बुङ्कोट २ का शाहबहादुर थापाको हृदयघातका कारण मृत्यु भएको हो । थापाले जापानमा नेपालीकै रेष्टुरेन्टमा काम गर्दै आएका थिए ।
सन् २००९ मा कुक भिसामा जापान गएका थापाको राती एक्कासी बेहोस भएपछि राती नै एम्बुलेन्समा अस्पताल पुर्याएको थियो । श्रीमती र एक छोरीको साथमा बस्दै आएका थापा बेलुकाको खाना खाएर परिवारसँग कुरा गर्दै गर्दा एक्कासी बेहोस भइ ढल्न पुगेका थिए । अस्पतालका अनुसार थापाको हृदयघातका कारण मृत्यु भएको हो ।
६ वर्षअघि रेष्टुरेन्टका काम गर्नको लागि कुक भिसामा जापान आएका थापाको श्रीमती र दुई छोरी छन् । श्रीमती र ठूली छोरी थापासँगै जापानमा रहे पनि ८ वषर्ीया छोरी भने गोरखामा रहेकी थिइन् । सानी छोरीको पढाइको कारणले घरमै छाडिएको परिवारले जनाएको छ ।
Advertisement