चीनमा आयो ठूलो आँधी, लाखौले घर छाडे (तस्विर सहित)
सन् १९४९ अर्थात् ६६ वर्षपछिको सबैभन्दा ठूलो आँधीले चीनमा ठुलो नोक्सान पुर्याएको छ । आँधीले गर्दा चीनको झेजियांग र झियांगसु प्रान्तका करिब ११ लाख मानिस घर छाडेर भागेका छन् ।आँधीका कारण ती क्षेत्रका केही विमानस्थल, रेल सेवा र अन्य सवारी यातायातका माध्यम बन्द भएका छन् । चान-होम आँधी शनिबार चीनको संघाईमा दक्षिणी समुन्द्री किनारसँग ठोक्किएको थियो । यस क्रममा १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको समाचारमा जनाइएको छ ।झेजियांग प्रान्तको प्रशासनका अनुसार आँधीका कारण सरकारको ४१० मिलियन डलर नोक्सान भएको छ । चान-होम नाम दियिएको उक्त आँधीले गर्दा जापानको ओकिनावा द्वीप श्रृंखला र ताइवान पनि प्रभावित बनेको छ । शुक्रबार आएको आँधीका कारण ताइवानको राजधआनी ताईपेमा स्टक मार्केट र सरकारी अफिस बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्...